Thursday, December 6, 2018

सपना

मैले उपहार क लैजाने फैसला गर्न सकिन। केहि समय टाउको कनाउँदै यता उति गरेपछि सोचे, फूल लैजान्छु। हलुका सेन्ट लगाएर लेदर को जाकेट भिरेर म हिंडे। मलाई असहज महसुस भईरहेको थियो। सपनालाई मैँले बच्चैदेखि चिनेको थिएँ तर आज नौंलो भेटको अनुभव भैरहेको थियो। होसै होसमा मोटरसाइकलको चापी पनि बिर्सेछु। हस्याङ् फस्याङ् गर्दै फेरी मा घरभित्र पसें। मा सपना भन्दा छिटो त्यहाँ पुग्न चाहन्थें। त्यसै त खाएको सबै निस्केला जस्तो भैरहेथ्यो, झन् ढिलो पुग्यो भने हालत के हुन्छ होला भन्ने सोचिरहें।
“हैन किन हतारिंदै छस् तँ, राम्ररी हिंड्।” आमाले किचन बाट कराउनु भयो। म चुप लगेर चापी लिएर बाहिर निस्के।  
टेबलबाट एउटा Chewing Gum पनि झिकेर खाएँ। घरबाट सिधै म फूल पसलमा पुगें। “साहूजी मलाई एउटा राम्रो बूके दिनुस् न” भनेर म फोन तिर आखाँ डुलाउन थालें।
” लिन आएको भए हुन्थ्यो नि :/” सपनाको मेसेज थियो। मैले सपनालाई आमा लाई कतै पुर्याउन छ भनेर लिन आउन मिल्दैन भनेको थिएँ । अरु दिन भएको भए म सपनालाई जता पनि पुर्याउन पुग्थें होला तर त्यो दिन मा सक्ने अवस्था मा थिईंन ।

“ल भाई कुन लिन्छौ हेर । ” पसलेले पाँच थरि बुके ल्याएर मेरो अघि राखिदिए ।
“तिमी आफैंले फूल रोज्छौ भने म अर्को बुके बनैदिन्छु ।” साहुजीले जुँगा मुसार्दै भने। मलाई राम्ररी हिड्न नि सक्छु जस्तो लागेको थिएन । फूल त झन् कसरि रोज्न सक्थ्यें र? म मेरो मुटुको आवाज बाहिर सम्मै सुन्न सकिरहेको थिएँ। मैले नि पाँचवटा मध्ये रातो गुलाफ सहित अन्य फूल भएको बूके समातें।
“कति भयो साहुजी?” मैले सोधें।
“साठी रुपैयाँ।”
मैंले पर्स खोलें र पैसा तिरेर मोटरसाइकल तिर हिँडे। कुनै पाइला चाल्न नपाउँदै पछाडी बाट आवाज आयो ।
“भाइ दश रूपैयाँ पुगेन नि।”
मैंले फेरी फर्केर बीसको नोट झिकेर काउन्टर माथि राखें। मलाई फिर्ता लिने फुर्सद थिएन। म हतारमा मोटरसाइकल चढेर क्याफे तर्फ लागेँ।

सपना लाइ मैंले छ बर्ष को हुदाँ भेटेको थिएँ। सुरुमा त मैंले उसलाई स्कुल बसको झ्यालबाट देखेको थिएँ, ऊ बाटोमा हिडींरहेकी थिई। हाम्रो घरमा जाँतो भएकाले छिमेकीहरु हाम्रो घरमा आउने गर्थे। एकदिन सपनाकी आम चामल पिन्न आउनु भएको थियो । पुक्क गाला परेकी सपना आमाको पछिपछि सारी समाउदै आएकी थिई । त्यस दिन बल्ल मलाई थाहा भएको थियो सपना त हाम्रो घर नजिकै बस्ने रहिछ। उनीहरु केहि महिना अघि सरेका रहेछन् । त्यस दिन मा लाजै लाजै उसँग बोल्न गएको थिएँ, अनि हाम्रो मित्रता सुरु भएको थियो ।

मोटरसाइकल रोकेर मा सगरमाथा क्याफे भित्र छिरें । क्याफे खाली नै थियो तर मा कुना झ्यालतिर को टेबल अघि गएर बसें । मैंले पाइन्टको गोजीबाट एउटा कागज निकालें र फेरी एकचोटी पढ्न थालें ।
“सपना, हाम्रो पहिलो भेट देखि हामी एकदमै मिल्ने साथी भयौं, तर मलाई लाग्छ तिमी मेरो साथी भन्दा बढी हौ। मा तिमीलाई प्रेम गर्छु र जीवनभरी गरिरहने छु।” एक दुइ दिन देखिको यो मेरो मन्त्र थियो। छिन छिन मा यो पाना झिक्दै, पढ्दै, राख्दै गर्दथें। घरि घरि केहि कुरा थप्ने गर्थें, अनि फेरी कोर्थे। पाना भरि पुरै केर कार भैसकेको थियो।केहीछिनमा मैंले सपनालाई क्याफे भित्र पसेको देखें । मेरो मुटु अझै धड्किन थाल्यो । मुटु छाती फोरेर बाहिर आउला जस्तो भयो।
कालो स्कर्ट र सेतो टिसर्टमा चिटिक्क परेर सपना आएकी थिई । सलक्क परेको कालो कपाल छेउबाट सिउँदो परेर दाइनेंतिर झरेको थियो। सपनालाई सबैले कपालमा के लगाउछौ भन्दै सोध्ने गर्थे। मेरो कपाल एस्तै हो सानैदेखि भन्दा कसैले ढाटेको भन्ने सोचेको कुरा सपनाले मलाई धेरै पटक भनेकी थिई।
“फेरी चुइङ्गम खाएछ, कहिल्यै छोड्दैनौ है, ” सपना भन्दै थिई।
मेरो अगाडीको कुर्सि तानेर ऊ बसी। बसेर पर्स टेबलमा राखेर मुसुक्क हाँस्दै भनि “कति खेर आयौ?”
“भर्खरै हो ।”
“अर्डर गर्यौ त?”
“छैन।”
“के भन्छु भन्थ्यौ त।” सपनाले अगाडिको न्यापकिन खेलाउंदै भनि ।
“तिमीले पनि त भने थियौ । तिमी भन न पहिले, ” मैले भनेँ । मलाई त्यहाँबाट उतिखेरै उठेर भागौं जस्तो भैरहेको थियो ।
“हैन तिमी भन न के, ” उसले भनी।
“लेडिज फस्ट के।”
“ल तनि, ” सपनाले मुख बंग्याउदै भनि । तर उसको अनुहारमा एकैछिनमा मुस्कान फर्कियो ।
“मेरो अमेरिका को भिसा लग्यो नि।”

म एकछिन अक्मकिए । एकछिनको मौनता पछि भनेँ, “अँ, मेरो चाहीं मार्सको भिसा लग्यो ।” ऊ ठुला ठुला आँखा बनाएर मलाई हेर्न थाली ।
“जे कुरा नि उडाउन मात्र जानेको छ।”
“बच्चै देखि पाईलट बन्न मन थियो नि,” मैले मुसुमुसु हाँस्दै भने।
“ह्या म जान्छु अनि एक्लै हाँस्दै बस, ” भनेर उसे पर्से समाती ।
“नरिसाऊ  न, आफु नि त्यस्तै कुरा गर्छ्यौ ।”
“साँच्चै हो के, म त्यहि कामको लागि त काठमाडौँ  गएको थिएँ । नपत्याए हेर , ” उसले पासपोर्ट निकालेर दिई। उसले पासपोर्ट झिके पछि थाहा भयो कि उसले सत्य बोलेकी थिई । मलाई पासपोर्ट पल्टाएर हेर्न मन लागेन । तर पनि मसिनो आशा लिदैं पल्टाएर हेरें ।
“लौ, अस्तिनै रिजेक्ट भएको हैन र ?” मैले सोधें । मलाई साह्रै अनौठो लागिरहेको थियो।
“बाबाले कर गरेर मैलें अर्को युनिभर्सिटीमा अप्लाई गरेको थिएँ,” उसले मुस्कान दिदैं भनी। मलाई त्यहीं भमिटहोला जस्तो भयो। मलाई रिस पनि उठ्यो।
“अनि मलाई अहिले भन्दै छौ?” मैले अलिक चर्को स्वर मा भनें ।
“म तिमीलाई सरप्राइज दिन चाहन्थें । “
सरप्राइज त म थिएँ तर उसले भने जस्तो सरप्राइज थिइनँ ।  मलाई रिंगटा लाग्ला जस्तो भयो। झोला बाट फूल झिकेर सबै च्यातौं जस्तो भयो।  म चुपचाप बसिरहें।  वेटर आएर “के अर्डर लिऊं” भनेर सोध्दै थियो ।  “के पिउँछौ ?” सपनाले सोधी । मेरो उत्तर नआएपछि सपनाले वेटर तर्फ फर्कदै भनी, “दुइवटा capuccino ल्याइदिनुस् न। ”
“ओइ के भयो तिमीलाई, रिसाको हो?”   
“होइन म खुशीले उफ्रिराको देखेनौं ? “मैंले झर्कदै भनें ।
“हेर यो मान्छे क्या रिसाको, ” उसले भनी ।
पहिलो पटक सपनाले अमेरिका Apply गर्दा मलाई त्यति नरमाइलो लागेको थिएन ।  मलाई सपना मन त पर्थ्यो तर मैले हामीलाई जोडीको रूपमा धेरै सोचेको थिइन । पछिल्लो समयमा हामी अझ धेरै नजिक भएका थियौं ।  सपनाले पनि मलाई मन पराउंछे भन्ने मलाई लागेको थियो ।
“कैले हो त जाने ?” मैंले सोधें ।
“अब एक हप्तामा फ्लाइट छ , शनिबार काठमाडौँ जान्छु , ” उसले भनी ।
मैंले सकि नसकि हाँस्दै भनें, “ल बधाई छ, अब अमेरिकन सपना हुने भयौ । “
“हि…. तिमी  त्यस्तो नभन न । “
“कति हतार भएको त जान । “
“होइन के, उता छिटै क्लास सुरु हुन्छ ।  म फर्किहाल्छु नि पछि, कहिल्यै नआउनॆ होइन क्यारे ।  फेरी अनलाइन कुरा भइहाल्छ नि । “
“मलाई थाहा छ । ” मैंले फेरी जबरजस्ती हाँस्दै भने ।
“अनि तिमी के भन्न लाथ्यौ त, ” सपनाले भनी। मैंले झोलातिर हेरेँ ।  अझै पनि झोला लिएर भागौं भैरहेको थियो।  फूल पनि च्यात्न मन थियो ।
“केहि होइन खासै, म पनि काठमाडौँ जादैँ छु शनिबार ।  तर म त अमेरिकन हुन जाने होइन। “
“हो र? संगै जाम् न त, ” उसले भनी।
“म त बाइकमा जाने हो। “
“ह्या… मेरो त ठुलो झोला छ, एरपोर्ट छोड्न आऊ है त। बरु म त्यत्रो बाटो के गर्दै जाने होला। “
“अब practice गर न। अमेरिका जान त झन् धेरै समय लाग्छ। ”
“हो त है, बोर पो हुने भो। ” उसले भनी ।

                                                                **********

“कति ढिलो गरेको त ,” मैंले भनें ।
सपना हस्यांग फस्यांग गर्दै गेटतर्फ आउंदै थिई । उसको आँखामा टिलपिल्ल आँसु थियो । पिढी बाट आमाले पनि एक हातले आँसु पुछ्दै अर्को हात हल्लाउदै हुनुहुन्थ्यो | सपनाले फर्केर हात हल्लाई | त्यहि मेसो पारेर उसले आँखाको आँसु पनि पुछी | सायद ऊ मेरो अगाडी रुन चाहन्नथी |
“छिटो गर, बस छुट्छ अब ,” मैंले भनें | लगेज उचाल्दै थिएँ, सपनाले पनि आएर समाती| लगेज राखेपछि आँफु पछाडी चढेर भनी, “ल जाम् |” मैंले अरुबेला भन्दा मोटरसाइकल केहि कुदाएँ | तर हामी बसपार्क पुग्दा बस छुटिसकेको थियो |
“Damn it ” भन्दै ऊ हत्तपत्त फोन समात्न थाली |
“एकछिन त ढिलो भएको, खबर गर्नु भएको भए हुने |” ऊ फोनमा भन्दै थिई |  
फोन राखेर मुख बंग्याउँदै भनी , “कहिल्यै टाइममा नहिंड्ने बसलाई आजै खुब टाइममा  हिंड्न परेको |”
“ढिलो गयो भने ट्राफिक पुलिस ले फाइन तिर्न लगाउँछ नि त, ” मैंले भने |
उसले मुख बंगाउँदै भनी, “अब के गर्ने त ? तिमी कति बेला जाने हो? ”
“म अब एकछिनमा खाना खाएर,” मैंले भनें |
“संगै जाम् न |”
“अनि झोला? ”
“झोला भोलि बाबाले बसमा पठाईदिनुहुन्छ |”
                                                                         *********

हामी दश बजे तिर घरबाट निस्क्यौँ | मलाई सपना संग जाने मन थिएन | मा सपनासँगै हुन पनि चाहन्थेँ र उसँग टाढा भागेर कहिल्यै नभेट्न पनि चाहन्थेँ | चाहन त मा सधैँ उसंगै हुन चाहन्थेँ तर अब ऊ पराई भएर जादैँ थिई | मलाई त्यो ठाउँ बिरानो लाग्न थालेको थियो | झन् सपना गएपछि कस्तो लग्नेछ मैंले त्यो सोच्न पनि सकेको थिईन | मनको कुरा भनौँ भने क भनौँ जब त्यो अधुरो हुने निश्चित थियो | मैंले मनको कुरा भनेँ भने सपनालाई नरमाइलो लाग्ने थियो | सपनाले मलाई माया गरे वा नगरेपनि उसको मन दुख्ने थियो र मा बिदाईको बेला उसलाई राम्रो बिदाई दिन चाहन्थेँ | मा उसलाई खुशी देख्न चाहन्थेँ , सधैंभरी |

आकाश सफा थियो र घाम लागिरहेको थियो | हावा धेरै लागेको थिएन तर बाइकमा हिंड्दा हावा लाग्ने भएकाले मैंले सपनालाई गलबन्दी दिएको थिएँ | हामी आकल झुकल गफ गरिरहेका थियौँ | केहि बेरमा हामी एउटा रेस्टुरेन्टमा रोकियौँ |
“जिन्दगी कस्तो अचम्मको छ है, कहिले के हुन्छ, कहिले के, थाहै नहुने |” सपनाले चियाको सुर्की लिंदै भनी | “अब हेर न, हामीलाई केहि बेर अघिसम्म नि कहाँ थाहा थियो र, हामी सँगै काठमाडौँ जान्छौँ भन्ने |”
” केहि दिन अघिसम्म यो पनि थाहा थिएन कि तिमि अमेरिका जान्छौ भन्ने,” मैंले भने |
“मलाई आज पहिलेका कुराहरु कत्ति याद आइरहेछ,” उसले भनी, “कत्ति रमाइलो हुन्थ्यो है ?”
“हो त | तिमी भएपछी रमाइलो हुने नै भयो नि |”
ऊ मुसुक्क हाँसी |
“तिमी जस्तो राम्रो साथी मा अमेरिका मा कसरी पाउने?” उसले भनी|
“अमेरिका नजाऊ न त, ” मैंले भने |
उसले मलाई हेरी | सायद ऊ मेरो अनुहारमा हाँसो हेर्न चाहन्थी | सायद ऊ “मैंले मजाक गरेको” भनेको सुन्न चाहन्थी| सायद ऊ मेरो मुख बाट यही सुन्न चाहन्थी | सायद ऊ चाहन्थी म उसलाई यहीँ रोकुं, मायाको भाव व्यक्त गरेर अंगालोमा बाँधु | उसलाई पनि मलाई जस्तै भएको हुँदो हो, बिछोडको बेलामा आफ्नो मनको कुरा भन्न नसकेकी हुँदी हो | सायद उसलाई केबल एक साथीको बिछोडको पिडा थियो |
मलाई केहि थाहा थिएन, मा केबल अनुमान गर्न सक्थेँ | मा कम्जोर थिएँ | मेरो मनमा एउटै मात्र डर थियो, एउटा मात्र सोँच – म सपना गएपछि के गरुँ ? ऊ बिना मेरो हालत के हुनेछ? त्यो सोचले मा त्यस दिन मेरो आँखा अगाडी रहेकी सपनालाई पनि राम्ररी देख्न सकेको थिइँन, अनुभव गर्न सकेको थिइँन |
हामी एकैछिनमा हाइवेतर्फ लाग्यौँ | गाडीहरुको टि टीट र टु टुट बाहेक काली गण्डकी सुसेलेको आवाज सुनिएको थियो |
हामी सराङ्गकोट अनि अरु ठाउँ बेला बेला मा गैरहन्थ्यौं | सपनालाई खोलाको आवाज मन पर्थ्यो | उसलाई हिमालहरु, डाँडाकाँडा अनि हरियाली एकदम मन पर्थ्यो | मलाई भने सपना मन पर्थ्यो |
“अमेरिका गएपछि मा यो एकदम मिस गर्नेछु | यो हरियाली, यो खोलानालाको आवाज, यो सबै,” सपनाले बाइक पछि मसँग टाँसिदै भनी|
“म पनि त्यहि सोचिरहेंको थिएँ , बिचरा तिमी,” मैंले भनेँ |
“हा हा | अनि मा तिमीलाई एकदम मिस गर्नेछु | एकदमै धेरै |” ऊ मेरो कान नजिक भन्दै थिई | उसको सास मेरो घाँटीमा ठोक्कियो | म चुप लागेँ |
                                      
एकछिनपछि हामी अर्को रेस्टुरेन्टमा रोकियौँ | हामी खाना खान थाल्यौँ |
“तिमीलाई याद छ, हामी सानो हुँदा साइकलमा यसैगरी डुलेको ? म तिम्रो साइकल पछाडी अफ्ट्यारो भइ भइ बस्थेँ|”
“अनि हामी आरु र लिछी चोर्न  जान्थ्यौँ ,” मैंले भनेँ |
“त्यो त तिम्रो आइडिया ,” उसले जिस्किंदै भनी |
“अपराधमा साथ दिने झन् ठुलो अपराधी हुन्छ,” मैंले भने |
“हा हा | एकदिन त हामी च्य्च्ले बाट लडेका थियौँ नि,” उसले भनी ,”अनि तिमी ममीले थाहा पाउनु हुन्छ भनेर डराएको थियौ नि |” आज नलडाऊ ल |”
“मेरो बिश्वास लाग्दैन?” मैंले सोधें |
“सबै भन्दा धेरै,” उसले मलाई हेर्दै भनी |
त्यस दिन मा धेरै बोलेको थिइँन | अफ्ठ्यारो लागेर होला, सपना धेरैजसो कुराकानी सुरुवात गरिरहेकी थिई | म पनि उसलाई अफ्ठ्यारो बनाउन चाहन्थिँन | अलिक खुशी भएर बोल्ने प्रण गरेँ | हामी गफ गर्दै काठमाडौँ पुग्यौँ |
                                                                      *****

म एयरपोर्ट तर्फ जादैँ थिएँ | मलाई अझै बिरानो लग्न थाल्यो | यो संसारदेखी मलाई रिस उठ्न थाल्यो | भगवान पनि कति निस्ठुरी हुन सकेको जस्तो लग्यो | सायद कतै यी संसारमा भएका बाधाहरु नभएको ठाउँ थियो | सायद सपना र मेरो मिलन त्यहाँ हुने थियो | मलाई जान मन लग्यो त्यस्तो दुनियाँ मा |
एयरपोर्ट जाँदा सपना फोटो खिच्न ब्यस्त थिई |उसको ममा आउनुभएको थियो र दुइ साथीहरु पनि त्यहीँ थिए | म पुग्ने बित्तिकै सपनाले हाम्रो फोटो खिच्ने कुरा गरी | मा जबर्जस्ती हाँसेर उसको छेउमा उभिएँ |
हामी अरुभन्दा केहि पर थियौँ | साथीहरु एक आपसमा कुरा गर्दै थिए, मामा फ्लाइट बोर्ड हेर्दै हुनुहुन्थ्यो |
“राम्ररी जाऊ है | गएपछि नबिर्सिनु , ” मैंले भनेँ |
ऊ मुसुक्क हाँसी तर आँखामा टिलपिल आँशु थियो | ऊ मेरो नजिक आई | मैंले हात फिजारें, ऊ मेरो अँगालोमा आई | त्यही मेसो निकालेर उसले आफ्नो आँसु पुछी | झोला बोकेर ऊ इन्ट्री तर्फा जान थाली | मैंले मन थाम्न सकिन|
“सपना…. ” मैंले बोलाएँ |
ऊ तुरुन्तै पछाडी फर्की | म उसको नजिक गएँ |
“सपना मा तिमीलाई केही भन्न चाहन्छु | I love you .”
ऊ रोकिई | उसको आँखाबाट बरबरी आँशु झर्न थाल्यो |
“I love you too .” ऊ मेरो अँगालोमा बाँधिई |
“तर अब धेरै ढिला भइसक्यो, मलाई जानु छ | समयले चाहन्छ भने हामी फेरी सँगै हुने छौँ |” ऊ फर्केर हिंड्न थाली | ढोका छेऊ पुगेपछि फर्केर हात हल्लाउँदै थिई | मैंले पनि हात हल्लाएँ |
                                                      **********

Monday, March 28, 2016

Oh stars Oh

Oh stars oh
Accept my praises for you
In exchange for my future
Let the sky be a giant screen
And you be the projections
Help me connect the dots
For I am lost and scared

Help me remind myself
That all of this is not wasted
That the effort itself is my reward
And I can be fulfilled
        I will be fulfilled

Help me fathom
Grandeur of the Universe
Teach me
That I am anything but eternal
Show me the memories
Of the stars that were once dear to you
That if something as valiant can wither
So will I

Assure me that all my prayers are not futile
Show me the proof that you listened to them
Help me realise that you granted them
And I will show you
I haven’t wasted your reward

Show me that even in the darkest of nights
You’re still there
That the clouds will wither into rain
The rain will purge our soul, making the sky even clearer
Oh stars Oh


Please be my guide.

Thursday, October 29, 2015

मेरी आमा


जब गड्याङ्ग्गुडुङ्ग  गर्जन्छ मेघ
 वर्षामा पानीका थोपाहरु चुम्छन् भुमिलाई
 उनी चियाउँछिन झ्यालबाट, अनि टोलाउँछिन
एकिछन् मलिन फेरी हँसिलोमुहार
 आँखा भरी टिलपिल्ल आँसु
 हावाको वेगले पल्टायो होला अतितका सम्झना
केहि  तीता, केहि मीठा
यादहरु जुन मुटूको पोकोमा गाठोँ परेका थिए
फुक्यो होला गाठो, छचल्कियो होला |

 पानीको तरंगजस्तै उनको निधार खुिम्चन्छ
निधारको धर्काहरुमा देखिन्छ जीवनको झलक
लाग्छ उनको अनुहार एक ऐना हो जीवनको
आँखाका नानीहरु हुन् पदॅा स्मरणको
 दागले सजिएका ती हातहरु जसले जीवनको वेग थामेथ्यो
 खाल्टै खाल्टो परेको गोरेटोमा घिच्याउँदै, तान्दै सकिनसकी
जीवनको रथ डोराएथ्यो
आजपनि उत्तिकै कोमल झनै, मुलायम
ओठले कति गुहार पुकार्यो होला
अनि जवाफमा
केवल सुनसान उत्तर ति कानमा गुन्जिय होलान
वायूमा खुस्बु हराए जस्तै हराएको उनको रोदन
आँसु को नदीले सिंचिएको  त्यो गाला को छाला
अझै पनि सुरिलो बोलि फुटाऊँछ
फुटेका ओठ बाट मुस्कान लहरऊँछ
सयौं ठक्कर खाएर पनी त्यो मस्तिष्कमा अझै नैतिकता को कथा

दुखका बादल लाई तिमीले
खुसीका चट्यांगले  फुटायौ
तिमीले मलाई हाँस्न  सिकायौ, बाँच्न सिकायौ
केबल तिम्रो गुण को भक्छ्यक
मेरो हरेक पाइला मा हुनेछ प्रेरणा तिम्रो
हरेक सास मा हुनेछ बिश्वाश  तिम्रो
मा हिड्दा हिड्दै लड्ने छु
तर तिम्रो साहसले उठ्नेछु, अगि बढ्नेछु


यो संसार को पाठ पढाउने तिमीलाई सलाम मेरो मेरी आमा |

Monday, October 19, 2015


                                        
When I am overwhelmed with self induces tragedies, overthinking and a loss of sense, I try to reach out to one thing- rain. Of course, I am not that lucky every time and rain isn’t something that would arrive from my phone call (who would anyway?). I wish it did though. My obvious reaction in such situations is to wrap my thoughts up and save it somewhere in my mind. After that, I get hooked up with my phone, laptop, social media, just about anything. My ideal self would prefer to read instead. You know, the classics that I always wanted to read. Even if just for the sake of adding them to my “finished reading” list. But it’s hard to be your ideal self when you’re desperate and not happy. At least it is for me and I can tell for sure that many people feel the same. It’s a different thing that some won’t admit. Just because someone doesn’t admit doesn’t mean that it isn’t the truth. I wish it would be though. I wouldn’t admit that my life is fragile and could end anytime, anywhere. I wouldn’t admit that no matter how fast I tried running from my life, reality would slam me back anytime. I wouldn’t admit that all my achievements, senses and the things that I care about would make absolutely no sense once life finds its way to not live anymore.

Turning back to the point, when it’s raining, I try unwinding more often than not. I let my skin feel the droplets of rain and walk around. I try opening the boxes of my mind and let go. I hope that rain reaches my soul and purifies it, washing away all those petrified depressed thoughts. Some get left out, only to torture me afterwards. For a time being, I hope time stays still. I could live all my life feeling the same way. And for some reason, the rain just doesn’t feel the same. Maybe there was something different about that place. Is it the times I spent there that makes me so nostalgic about that place? Might be, but why would time be any different here? I presume it’s because of the memories, people and sense of belonging that I have attached to the place. Still, I try to convince myself that it is rain, peaceful and soothing. Wherever I am…

भविष्यको संकल्प

इतिहासलाई अंगाल्न खोज्दा,
छिया छिया भएर घाउहरु बनेका छन्
अतृप्त, अधुरो मेरो मन,
भक्कानो छोडेर रुदैं
प्रेमिकाको यादमा मसानघाट गएको प्रेमीझैँ |

एकादेशको कथा जस्तै -समयको कोखमा हराएका मेरा सपनाहरु,
मेरा आँखा अगाडी आइदिंदा,
मेरो जीवनको भोगाइ, रोजाई अस्तित्वको
संक्षिप्त बृस्तृत बयानको लागि केवल एक शब्द मा पाउछु - पश्चाताप |
साना साना समुन्द्री छालहरुले किनारमा चप्ल्यक चुप्लुक गर्दा,
संगै ल्याएका छन् हजारौ यादहरु
ती यादहरुले मलाई स्वयम् सामु उभ्याई दिएका छन्
त्यो - जसलाई मैले समाएको खल्तीमा लुकाउन खोजेको थिएँ - सात समुन्द्र पारी |
सपना, इच्छा अकंक्श्यले भरिपुर्ण
मेरो विगत संग आँखा जुधाउन असफल ,
कम्जोर भएको छु, मेरो गोडा लगलग काँमेका छन् |

असिमित सम्भावनाहरुलाई उपयोग गर्न नसक्दा
अँधेरी रातमा बाटो बिराएको कुकुरजस्तै
बाध्यताको खोल ओढेर आएको थिएँ विदेश,
अन्न्याये, भ्रस्टाचार गरीबीले च्यापिएको देश छाडी |
तापनि
ठुला स्वरमा चिच्यायिरहें, कराईरहें
       “मेरो देश प्राण भन्दा प्यारो |”
संबिधान कानुनका धारा बगिरहे,
देश रोइरह्यो
टुलुटुलु हेरिरहें |

प्रश्नवाचक चिन्हले घेरिरहंदा
मेरा हरेक गल्तिहरुको, मैले बिराएका बाटोहरुको,
फुकाएका महत्वपुर्ण गाँठाहरुको,
स्वीकार स्वरुप
मेरो उतर -
        नीरवता .

भविष्य तर्फ़ आँखा डुलाउँछु,  
अन्धकारमय भविष्यको
डरलाग्दो आभाष पाऊछु
त्यही भविष्यमा पनि छु होला - कतै
पश्चातापको पोखरी तैरिंदै |
भक्कानो छोड्छु,
तर झल्यास्स ब्युँझेर सम्हाल्छु आफुलाई
हात हेर्नेले भबिस्य देख्दैनन, हात खटाउने ले देख्छन .

भुकम्पका अश्लिलताले भत्काएका भग्नाबशेषमा,
कतै छन् - मेरो मेरो देशको सपना |
आफ्ना बाँकी उपाएहरु हेर्दा
केवल एक मात्र पाएँ, तर दु:खी भईन |
तसैले आज
इतिहासलाई साक्क्षी राखेर वर्तमानसंग उपहार माग्छु
एउटा गुँरास, भबिष्यको लागि
आनि केहि कर्मनिष्ठ हातहरु |

त्यो जगमा बसेर
गर्दछु संकल्प भविष्यको
आफु आफ्नो देशमा परिवर्तन ल्याउने |