इतिहासलाई अंगाल्न खोज्दा,
छिया छिया भएर घाउहरु बनेका छन्
अतृप्त, अधुरो मेरो मन,
भक्कानो छोडेर रुदैं छ
प्रेमिकाको यादमा मसानघाट गएको प्रेमीझैँ |
एकादेशको कथा जस्तै -समयको कोखमा हराएका मेरा सपनाहरु,
मेरा आँखा अगाडी आइदिंदा,
मेरो जीवनको भोगाइ, रोजाई र अस्तित्वको
संक्षिप्त र बृस्तृत बयानको लागि केवल एक शब्द मा पाउछु - पश्चाताप
|
साना साना समुन्द्री छालहरुले किनारमा चप्ल्यक चुप्लुक गर्दा,
संगै ल्याएका छन् हजारौ यादहरु
ती यादहरुले मलाई म स्वयम् सामु उभ्याई दिएका छन्
त्यो म
- जसलाई मैले समाएको खल्तीमा लुकाउन खोजेको थिएँ - सात समुन्द्र पारी |
सपना, इच्छा र अकंक्श्यले भरिपुर्ण
मेरो विगत संग आँखा जुधाउन असफल म,
कम्जोर भएको छु, मेरो गोडा लगलग काँमेका छन् |
असिमित सम्भावनाहरुलाई उपयोग गर्न नसक्दा
अँधेरी रातमा बाटो बिराएको कुकुरजस्तै
बाध्यताको खोल ओढेर म आएको थिएँ विदेश,
अन्न्याये, भ्रस्टाचार र गरीबीले च्यापिएको देश छाडी |
तापनि
म ठुला स्वरमा चिच्यायिरहें, कराईरहें
“मेरो देश प्राण भन्दा प्यारो छ|”
संबिधान र कानुनका धारा बगिरहे,
देश रोइरह्यो
म टुलुटुलु हेरिरहें |
प्रश्नवाचक चिन्हले घेरिरहंदा
मेरा हरेक गल्तिहरुको, मैले बिराएका बाटोहरुको,
फुकाएका महत्वपुर्ण गाँठाहरुको,
स्वीकार स्वरुप
मेरो उतर -
नीरवता .
म भविष्य तर्फ़ आँखा डुलाउँछु,
अन्धकारमय भविष्यको
म डरलाग्दो आभाष पाऊछु
त्यही भविष्यमा म पनि छु होला - कतै
पश्चातापको पोखरी म तैरिंदै |
म भक्कानो छोड्छु,
तर म झल्यास्स ब्युँझेर सम्हाल्छु आफुलाई
हात हेर्नेले भबिस्य देख्दैनन, हात खटाउने ले देख्छन .
भुकम्पका अश्लिलताले भत्काएका भग्नाबशेषमा,
कतै छन् - मेरो र मेरो देशको सपना |
आफ्ना बाँकी उपाएहरु हेर्दा
केवल एक मात्र पाएँ, तर म दु:खी भईन |
तसैले आज
इतिहासलाई साक्क्षी राखेर म वर्तमानसंग उपहार माग्छु
एउटा गुँरास, भबिष्यको लागि
आनि केहि कर्मनिष्ठ हातहरु |
त्यो जगमा बसेर
म गर्दछु संकल्प भविष्यको
आफु र आफ्नो देशमा परिवर्तन ल्याउने |
No comments:
Post a Comment