जब गड्याङ्ग्गुडुङ्ग गर्जन्छ मेघ
वर्षामा पानीका थोपाहरु चुम्छन् भुमिलाई
उनी चियाउँछिन झ्यालबाट, अनि टोलाउँछिन
एकिछन् मलिन फेरी हँसिलोमुहार
आँखा भरी टिलपिल्ल आँसु
हावाको वेगले पल्टायो होला अतितका सम्झना
केहि तीता, केहि मीठा
यादहरु जुन मुटूको पोकोमा गाठोँ परेका थिए
फुक्यो होला गाठो, छचल्कियो होला |
पानीको तरंगजस्तै उनको निधार खुिम्चन्छ
निधारको धर्काहरुमा देखिन्छ जीवनको झलक
लाग्छ उनको अनुहार एक ऐना हो जीवनको
आँखाका नानीहरु हुन् पदॅा स्मरणको
दागले सजिएका ती हातहरु जसले जीवनको वेग थामेथ्यो
खाल्टै खाल्टो परेको गोरेटोमा घिच्याउँदै, तान्दै सकिनसकी
जीवनको रथ डोराएथ्यो
आजपनि उत्तिकै कोमल झनै, मुलायम
ओठले कति गुहार पुकार्यो होला
अनि जवाफमा
केवल सुनसान उत्तर ति कानमा गुन्जिय होलान
वायूमा खुस्बु हराए जस्तै हराएको उनको रोदन
आँसु को नदीले सिंचिएको त्यो गाला को छाला
अझै पनि सुरिलो बोलि फुटाऊँछ
फुटेका ओठ बाट मुस्कान लहरऊँछ
सयौं ठक्कर खाएर पनी त्यो मस्तिष्कमा अझै छ नैतिकता को कथा
दुखका बादल लाई तिमीले
खुसीका चट्यांगले फुटायौ
तिमीले मलाई हाँस्न सिकायौ, बाँच्न सिकायौ
म त केबल तिम्रो गुण को भक्छ्यक
मेरो हरेक पाइला मा हुनेछ प्रेरणा तिम्रो
हरेक सास मा हुनेछ बिश्वाश तिम्रो
मा हिड्दा हिड्दै लड्ने छु
तर तिम्रो साहसले म उठ्नेछु, अगि बढ्नेछु
यो संसार को पाठ पढाउने तिमीलाई सलाम छ मेरो मेरी आमा |
No comments:
Post a Comment